नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
अर्थतन्त्र र उद्योग

आन्तरिक राजस्व विभाग (नेपाल)

अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभाग र मूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १८७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभाग र मूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।

आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्त्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन गर्दछ ।

५९ वटा क्षेत्रगत कार्यालय ( ३८ आन्तरीक राजस्व कार्यालयहरु, १९ करदाता सेवा कार्यालयहरु , १ मध्यमस्तरीय करदाता कार्यालय र १ ठूला करदाता कार्यालयको माध्यमवाट सेवा प्रदान गर्दछ।

कार्य

आन्तरिक राजस्व विभागले निम्न कार्यहरू गर्दछ:

  1. कर प्रशासन
  2. कर नीति
  3. करदाता सेवा
  4. दर्ता, राजस्व संकलन
  5. कर लेखापरीक्षण
  6. कर प्रवर्तन र अनुसन्धान
  7. समीक्षा र पुनरावेदन
  8. कर फिर्ता
  9. अग्रिम नियम
  10. कर सन्धि र अन्तर्राष्ट्रिय कर
  11. अन्तःशुल्क र मदिरा प्रशासन

सम्पर्क ठेगाना

आन्तरिक राजस्व विभाग
लाजिम्पार्ट, काठमाण्डौ, नेपाल
टेलिफोन: + ९७७-१-४४१५८०२
फयाक्स: + ९७७-१-४४११७८८

आधिकारीक वेबसाईट

www.ird.gov.np अभिलेखिकरण २००९-१०-१२ वेब्याक मेसिन

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19659583
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “आन्तरिक राजस्व विभाग (नेपाल)।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%B5_%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%97_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)। हेरिएको: १२ नोभेम्बर २०२६।