नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

आनी छोइङ डोल्मा

आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो।

अद्यावधिक: ७ नोभेम्बर २०२६ ३८८ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।

एल्बमहरू

  1. Chö (१९९७)
  2. Dancing Dakini (१९९९)
  3. Choying (२०००)
  4. Moments Of Bliss (२००४)
  5. Selwa (२००४)
  6. Smile (२००५)
  7. Inner Peace (२००६)
  8. आमा (२००९)
  9. Matakala (२००९)
  10. Inner Peace २ (२०११)

सामाजिक कार्य

धेरै संस्थामार्फत सामाजिक सेवामा लागेकी आनी सामाजिक सेवाका बारेमा भन्छिन् – ‘सामाजिक सेवा आफ्नो धर्म हो। सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो।

नेपालमा सञ्चालनमा रहेका आनीका परियोजनाहरू आरोग्य फाउन्डेसन, आर्य तारा पाठशाला हुन्।

गुलजारका कवितामा ‘फोमो– आनी छोइङ डोल्मा’

बलिउडका प्रसिद्ध साहित्यिक ब्यक्तित्व गुलजारले संसारभरमा आफुलाई मनपरेका ५४ जनाको बारेमा कविता लेखेर एक पुस्तक तयार गरेका छन्। मराठी भाषामा लेखिएको यो किताब एक सय ८० पानाको छ र सन् २०१८ अगस्त १८ तारिखका दिन यो तयार भएको हो। त्यस किताबमा नेपालबाट आनी छोइङ डोल्मा पनि परेकी छिन्। गुलजारले आनीमाथि लेखिएको कविताको शिर्षकमा ‘फोमो– आनी छोइङ ड्रोल्मा’ भनेरै उल्लेख गरेका छन्। फोमो आनीलाइ उनका आमाबुबाले मात्र बोलाउने नाम हो। गुलजारले लेखेको उक्त पुस्तकको नाम सगे सारे हो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q455588
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “आनी छोइङ डोल्मा।” नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%86%E0%A4%A8%E0%A5%80_%E0%A4%9B%E0%A5%8B%E0%A4%87%E0%A4%99_%E0%A4%A1%E0%A5%8B%E0%A4%B2%E0%A5%8D%E0%A4%AE%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।