भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ । अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ । यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन भक्तगणले लौकिक कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ । यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ । भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए । यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो । यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराण मा यसको विवरण छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान श्रीहरिको प्रतिमाको पूजा गरिन्छ । व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ ।
बाह्य कडीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3630768
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “अनन्त चतुर्दशी।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A4_%E0%A4%9A%E0%A4%A4%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%B6%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). अनन्त चतुर्दशी. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A4_%E0%A4%9A%E0%A4%A4%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%B6%E0%A5%80
@misc{ne_507,
title = {अनन्त चतुर्दशी},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A4_%E0%A4%9A%E0%A4%A4%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%B6%E0%A5%80}},
year = {2026},
note = {Accessed 2026-11-12}
}