नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
अर्थतन्त्र र उद्योग

भृकुटी पल्प एन्ड पेपर लिमिटेड

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको १,५३० टन कागज उत्पादन गर्दथ्यो भने यसको क्षमता ७० हजार मेट्रिक टन रहेको थियो।

अद्यावधिक: ८ अक्टोबर २०२६ १६८ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको १,५३० टन कागज उत्पादन गर्दथ्यो भने यसको क्षमता ७० हजार मेट्रिक टन रहेको थियो।

इतिहास

भृकुटी पल्प एन्ड पेपरको स्थापना वि.सं २०४२ मा कम्पनी ऐन २०२१ अन्तर्गत जनवादी गणतन्त्र चीनको सहयोगमा भएको थियो। यो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोटमा अवस्थित छ। भृकुटी पल्प एन्ड पेपर नेपालको पहिलो कागज कम्पनी थियो।

वि.सं २०४९ मा भृकुटी पल्प एन्ड पेपरलाई निजीकरण गरिए पछि यो गोल्छा समूहको स्वामित्वमा पुगेको थियो। उनीहरूका प्रमुख कागज खरिदकर्ताहरू साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र र गोरखापत्र थिए। वि.सं २०६४ मा, कारखाना प्रशासनले सरकारले श्रमिकहरूका लागि छुट्याएको वृद्धि गरिएको तलब नदिएको कारण मजदुरहरूले विरोध प्रदर्शन गरेका थिए। कामदारहरूले कम्पनीले उनीहरूको अनुरोधलाई बेवास्ता गरेको आरोप लगाउँदै मुद्दाको समाधान नभएसम्म काम गर्न बन्द गरेका थिए। वि.सं २०६७ मा भृकुटी पल्प एन्ड पेपर स्थायी रूपमा बन्द भएको थियो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13184461
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “भृकुटी पल्प एन्ड पेपर लिमिटेड।” नेपाली विश्वकोश, ८ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%83%E0%A4%95%E0%A5%81%E0%A4%9F%E0%A5%80_%E0%A4%AA%E0%A4%B2%E0%A5%8D%E0%A4%AA_%E0%A4%8F%E0%A4%A8%E0%A5%8D%E0%A4%A1_%E0%A4%AA%E0%A5%87%E0%A4%AA%E0%A4%B0_%E0%A4%B2%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%9F%E0%A5%87%E0%A4%A1। हेरिएको: १२ नोभेम्बर २०२६।