किनेमा भटमासबाट बनाइने एक परिकार हो । विशेष गरी यो परिकार पूर्वी नेपालका किराँत जाति मौलिक र मुख्य परिकारहरुमा पर्दछ । लिम्बु, याक्खा, राई, सुनुवार सम्प्रदायमा यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटिन्छ । त्यसपछि त्यसलाई पानीमा उसिनिन्छ । उसिनेपछि त्यसलाई मान्द्रो वा केराको पातमा फैलायेर राखिन्छ। केही सेलाएपछि त्यसमा अलिकति राम्रो खालको खरानी राखेर मोलि दालो वा थुन्छेमा केराको पात वा प्लास्टिक बिछ्याइ अगेना छेउमा राखिन्छ। त्यसरी राख्ने कामलाई सुम राख्नु भनिन्छ । राख्दा राम्रो गरी छोपिएको हुनु पर्छ। हावा पस्यो भने किनेमा राम्रो हुँदैन।
सुम राखेको दुई दिनपछि किनेमा तयार हुन्छ। सुम खोल्दा त्यसमा सेता सेता रेसाहरू देखिएका छन् र छुँदा लेस्यैलो र हातमा टाँसिने भयो भने किनेमा सप्रेको मानिन्छ। त्यसरी तयार भएको किनेमालाई घाममा राम्ररी सुकाएर राखिन्छ र आवस्यकता पर्दा झिकेर पकाउन र कतै कोसेलीको रूपमा पनि पठाउन सकिन्छ।
किनेमाको परिकार जाडो मौसममा खानु उपयुक्त हुन्छ। यसले रुघामार्गी लागेको बेला बद्धी फाइदा गर्छ। साथै यसले खानामा रुचि जगाउँछ । यस्कै मात्र सुप बनाएर पनि खान सकिन्छ तर अन्य तरकारी र दालमा मिसाएर खाँदा यसले छुट्टै स्वाद दिन्छ।
बाह्य सूत्र
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4736109
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “किनेमा।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%AE%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). किनेमा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%AE%E0%A4%BE
@misc{ne_638,
title = {किनेमा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%AE%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}